मेस्सी चम्केपछि: म्यान यु बाई-बाई, बार्सा हाई-हाई !

तस्वीर: एपी

लियोनल मेस्सी चम्केपछि कसको के लाग्छ र ? भयो पनि त्यस्तै मेस्सीले १६औं र २०औं मिनेटमा गरेको गोलले पछि परेको म्यानचेस्टर युनाइटेड खेलमा फर्कनै सकेन, कोन्टिन्होले ६१ औँ मिनेटमा अर्को गोल थप्दा बार्सा ३-० ले बिजयी भयो। 

यो परिणाम हो च्याम्पियन्स लिगको क्वाटर फाइनलको दोस्रो लेगको जसमा स्पेनिस महारथि बार्सिलोना र इंग्लिस रथि म्यान्चेष्टर युनाइटेड आम्नेसाम्ने थिए। बार्साको गृहमैदानमा खेलिएको खेलमा 

म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गर्यो।

यसअघि अवे मैदानमा भएको पहिलो लेगमा बार्सा १-०ले विजयी भएको थियो। समग्रमा ४-० को जीत निकाल्दै अन्तिम दुईमा पुग्यो। 

प्रकाशित मिति: : 2019-04-17 07:41:17

प्रतिकृया दिनुहोस्