चेन्नईको लगातार सातौ जीत: ६ अंकको अग्रतासहित शीर्ष स्थानमा

तस्बिरः एजेन्सी

भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सले सातौं जीत निकालेको छ ।

आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराउँदै चेन्नईले सातौं जीत निकालेको हो ।

कोलकत्तास्थित इडेन गार्डेनमा घरेलु टोलीले दिएको १६२ रनको लक्ष्य चेन्नईले २ बल बाँकि छँदै ५ विकेट गुमाएर पुरा गर्‍यो।

चेन्नईको जीतमा सुरेश रैनाले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेले।अन्तिममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै ३१ रनमा अविजित रहे।

यस्तै फाप डु प्लेसिसले २४, केदार जादवले २० तथा कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाए।

कोलकत्ताका सुनिल नारान र पियुस चावालाले समान २-२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो।

उसका लागि क्रिस लिनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले।५१ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरेका थिए।

यस्तै नितिस रानाले २१, कप्तान दिनेश कार्तिकले १८ तथा सुबमन गिलले १५ रन जोड्दा आन्द्रे रसेल १० रनमा आउट भए।

चेन्नईका लागि इमरान ताहिरले सर्वाधिक ४ विकेट लिए। सार्दुल ठाकुरले २ तथा मिचेल स्टाननरले १ विकेट लिए ।

यो जीतसँगै चेन्नईले ८ खेलमा १४ अंक जोडेको छ। कोलकत्ता ८ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। चेन्नई दोस्रो स्थानको कोलकत्ता भन्दा ६ अंकले अगाडि छ।

प्रकाशित मिति: : 2019-04-14 20:30:20

प्रतिकृया दिनुहोस्