युभेन्ट्सको पुनरागमन जित, मिलान २-१ ले पराजित

तस्बिरः एजेन्सी

युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई हराउँदै शीर्ष स्थानको अग्रता थप बढाएको छ।

युभेन्टसले घरेलु मैदानमा एसी मिलानलाई २–१ गोल अन्तरमा हराएको हो।

चोटका कारण क्रिस्टियानो रोनाल्डो अनुपस्थित खेलमायुभेन्ट्सले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । युभेन्ट्सका लागि पाउल डीबला र मोइस किनले एक एक गोल गरे। मिलानका क्रिजेस्टोफ पियाटकले एक गोल गरेका थिए।

खेलको ३९औं मिनेटमा पियाटिकले गोल गरेपछि मिलानले सुरूवाती अग्रता लियो। पहिलो हाफमा १–० को अग्रता बनाएको मिलानले अग्रता जोगाउन सकेन।

खेलको ६०औं मिनेटमा घरेलु टोली युभेन्टसले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो। मुसाचियोले डिब्यालालाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिब्याला आफैंले गोल गरेका थिए।

खेलको ८४औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

यो जितसँगै युभेन्टसले आफ्नो शीर्षता थप बलियो बनाएको छ। युभेन्टस जारी लिगमा ३१ खेलबाट ८४ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानको नेपोलीलाई २१ अंकले पछि पारेको छ।युभेन्ट्सले ३१ खेलमा जोडेको यो अंक इटालियन सिरी 'ए' फुटबल इतिहासकै कीर्तिमानी अंक हो। पराजित मिलान ५२ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-04-07 07:47:29

प्रतिकृया दिनुहोस्