दक्षिण अफ्रिकासँग श्रीलंकाको लज्जास्पद हार !

एपी

दक्षिण अफ्रिकासँगको दास्रो वान डेमा श्रीलंकाले लज्जास्पद हार ब्योहोरेको छ।

बुधबार राति सेन्चुरियनमा सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग २५२ रनको लक्ष्य पाएको श्रीलंका १ सय १३ रनले पराजित भएको हो।

पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३२.२ ओभरमा अलआउट हुँदै १ सय ३८ रन मात्र बनायो।

उसका लागि ओशद फ्रनान्डोले सर्वाधिक ३१ रन जोड्दा कुशल मेन्डिस २४, थिसेरा परेरा २३, धनन्जय डी शिल्भा १५ र अभिष्का फ्रनान्डोले १० रन बनाएका थिए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्।

अफ्रिकालाई सहज जित दिलाउन कागिसो रबाडाले ३ तथा लुंगी निडी, इमरान ताहिर र एनरिच नोर्टजेले समान दुई-दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिका ४५.१ ओभरमा अल आउट हुँदैं २ सय ५१ रनमा समेटिएको थियो। अफ्रिका लागि ओपनर क्विन्टन डी ककले ९४ रन बनाएका थिए। ७० बल खेलेका उनले १७ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यस्तै कप्तान फाफ डु प्लेसि ५७, रिजा हेनरडिक्स २९, डेविड मिलर २५ र वियन मूल्डरले १७ रन बनाएका थिए अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।

श्रीलंकाका लागि थिसेरा परेराले ३, कप्तान लाथिस मलिङ्गा र धनन्जय डी शिल्भाले समान दुई-दुई विकेट लिएका थिए। विश्व फ्रनान्डो, कसुन रजिथा र अलिका धनन्जयले एक-एक विकेट बाँडे।

यो सँगै पाँच खेलको ओडीआई सिरीजमा अफ्रिकाले २-० को अग्रता लिएको छ। पहिलो खेलमा श्रीलंका ८ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: : 2019-03-07 08:52:17

प्रतिकृया दिनुहोस्