मेस्सीविनाको बार्सिलोनाको सेभियासँग हार

AP

घरेलु टोलीलाई जिताउन बुधबार राति पाब्लो साराविया र विसाम विन यडरले गोल गरेका थिए।कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिपे कौटिन्होजस्ता मुख्य खेलाडीहरू बिना मैदान उत्रिएको बार्सिलोनाले खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि सेभियाको बलियो रक्षापङ्ति तोडन नसक्दा हार व्यहोर्नु पर्‍यो।

अत्यान्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा सेभियाले दुई गोल गर्दै महत्वपूर्ण जित निकाल्न सफल भयो।

खेलको ५८औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए। त्यसपछि खेलको ७६औं मिनेटमा विसाम विन यडरल गोल गर्दै सेभियाको अग्रता दोब्बर भयो।

त्यसपछि बार्सिलोनाले पाएका राम्रा अवसरसमेत खेर फाल्दा २–० ले हार व्यहोर्नु पर्‍यो।बेन्चमा बसेका लुइस स्वारेज र फिलिपे कौटिन्होलाई बार्सिलोनाले दोस्रो हाफमा मैदान पठाए पनि टोलीको हार टार्न सकेनन्।

जितसँगै सेभिया कोपा डेल रेको सेमिफाइनल नजिक पुगेको छ। दोस्रो लेगमा बार्सिलोनालाई रोक्न सके सेभिया अन्तिम चारमा प्रवेश गर्नेछ।

बार्सिलोनालाई सेमिफाइनल पुग्न निश्चित जित आवश्यक छ। दोस्रो लेग अर्को साता बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2019-01-26 03:22:00

प्रतिकृया दिनुहोस्