सडक अनुशासन : के तपाईंले यातायातको नियम पालना गरिरहनुभएको छ ?

प्रायः मानिसहरु सडकका सवारी साधन चलिरहेको अवस्थामा हतारका कारण यातायातको नियमहरु पालना गर्दैनन्, जसका कारण उनीहरु सडक दुर्घटनामा मारिन्छन् ।

यसको प्रमुख कारण भनेको उनीहरुलाई यातायातको नियमहरुको कुनै वास्ता नै हुँदैन अथवा उनीहरुलाई यातायातको नियमहरु थाहा पाएर पनि अञ्जान बन्छन् । त्यसो त उनीहरुलाई सम्पूर्ण कुराहरु थाहा हुन्छ । तर, पनि उनीहरु नियमहरुको पालन गर्दैनन् । यातायातको नियम त्यसै बनेको होइन अथवा सरकार र ट्राफिक प्रहरीहरुलाई फाइदा पुर्‍याउनका लागि ती नियमहरु बनेका पनि होइनन् ।

ती नियमहरु त तपाईं-हाम्रै सुरक्षाको लागि बनाइएका हुन् । जसका कारण तपाईं सुरक्षित रहन सक्नुहुन्छ । सधैं आफ्नो सवारी साधनलाई एउटा सामान्य गतिमा चलाउनुपर्छ । किनभने सबैभन्दा धेरै सडक दुर्घटना तीब्र गति र अनियन्त्रित हुनुको कारणले हुन्छ ।गाडीलाई सधै सही रुटमा चलाउनुपर्छ । कहिले पनि गलत बाटोमा उल्टो चलाउनु हुँदैन ।

गाडी चलाउनु हुनसक्छ खतरनाक

यदि ट्राफिक बत्तीमा रातो बलेको छ भने गाडी त्यहीँ रोक्नुपर्छ । जब हरियो बल्छ तब मात्र गाडी अगाडि बढाउनुपर्छ । यदि तपाईं चार पाङ्ग्रे वाहन चलाउनुहुन्छ भने तपाईंको सुरक्षाका लागि सिट बेल्ट बाँध्नु अति नै आवश्यक छ । कहिले पनि ठूला गाडीहरुलाई ओभरटेक गर्नुहुँदैन । त्यो पनि दुर्घटना हुने एउटा प्रमुख कारण हो । सडकमा राखिएका स्पिड ब्रेकर देखेपछि गाडीको रफ्तार कम गर्नुपर्छ । त्यस्तै मोडहरुमा पनि गाडीको रफ्तार कम गरेर हर्न बजाएर मात्र गाडी मोड्नुपर्छ ।

प्रकाशित मिति: : 2019-12-12 11:44:58

प्रतिकृया दिनुहोस्