‘मनमोहन वृद्धाश्रम’मा परालको थुप्रो

तस्वीरमा देखिएको ‘मनमोहन वृद्धाश्रम’ हो । पहिले यहाँ बोर्ड पनि टाँगिएको थियो, शायद प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको बदनाम हुने स्थिति आएपछि बोर्ड हटाइएको छ । अहिले यहाँ घाँस–पराल राख्न थालिएको छ ।

काठमाडौंको साँखु अर्थात, शंखरापुर नगरपालिका ९, सलम्बुटारमा आजभन्दा १२ वर्षअघि ‘मनमोहन वृद्धाश्रम’ नामक गैरसरकारी संस्थाले यो वृद्धाश्रम बनाउनका लागि स्थानीय निकायबाट सार्वजनिक जग्गा लिएको थियो ।

 तत्कालिन एमाले नेताको नामसँग जोडिएको सो गैरसरकारी संस्थाले वृद्धाश्रम बनाउनका लागि भन्दै ०६५ सालमा सार्वजनिक जग्गामा वृद्धाश्रम बनाउन ठेकदारलाई जिम्मा लगायोे । निर्माण कम्पनीले पहिलो तल्लाको जग उठाइसकेको थियो, त्यहीबेला भूइँचालो आयो ।

भूकम्पलगत्तै काम छोडेको मनमोहन वृद्धाश्रम नामक गैरसरकारी संस्था हालसम्म साँखुमा फर्केको छैन ।

कुनै पनि निकायले पुनर्निर्माणको चासो नदेखाउँदा भवन चार बर्षदेखि अलपत्र अवस्थामा छ । अलपत्र छाडिएको भवनबारे बुझन हालसम्म कुनै पनि संस्थाका मानिसहरु नआएको स्थानीय बताउँछन् ।

 

प्रकाशित मिति: : 2019-12-11 15:02:09

प्रतिकृया दिनुहोस्