कालापानी प्रकरणमा के गर्दैछ सरकार ? ‘प्लान बी’ पनि अन्योल !

काठमाडौं । सरकारले कालापानीलगायतको सीमा विवादको विषयमा माथिल्लो तहबाट कुरा गर्ने तयारी गरेको भए पनि यो विषय फेरि तल्लै तहमा फर्किने अवस्था उत्पन्न भएको छ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेषदूतका रुपमा भारत पठाउन खोजेको भए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारण यो मामिला अब पुरानै अवस्थामा फर्किने निश्चित जस्तै भएको हो ।  

नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले विशेष दूतका रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नेपाललाई नयाँ दिल्ली पठाउन खोजेको स्पष्ट पारेका थिए । भारतीय नक्सामा नेपाली भूभाग परेको विषयमा सुरुमा नेपालको परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर अस्वीकार गरेकोमा त्यसपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक डाकेका थिए । 

प्रकाशित मिति: : 2019-12-10 07:57:40

प्रतिकृया दिनुहोस्