निर्घात कुट्ने सत्ताधारी पार्टीका कार्यकर्ता छुटिसके, क्याम्पस प्रमुख ओछ्यानमै

शुल्क बढाउने प्रस्ताव गरेपछि त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई मंसिर ९ गते विद्यार्थीले निर्घात कुटे। उनी घाइते भएर अहिलेसम्म उठ्न सकेका छैनन्।

यता उनलाई कुटेर अभद्र व्यवहार गरेको अभियोग लागिकन दुई विद्यार्थी धरौटीमा छुटिसके।

न्यौपानेले आफूलाई कुटपिट गरेर घाइते बनाउने विद्यार्थीलाई उचित कारबाही नभएको बताएका छन्।

क्याम्पसले स्नातक तह पहिलो वर्षमा मानविकी र विज्ञान संकायमा भर्ना शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीले न्यौपानेमाथि मंसिर ९ गते आक्रमण गरी घाइते बनाएका थिए। घटनाको दुई साता भए पनि क्याम्पस प्रमुख न्यौपाने तंग्रिएका छैनन्। हात र खुट्टामा लगाइएको ब्यान्डेज खोलिएको छैन।

प्रकाशित मिति: : 2019-12-10 07:54:39

प्रतिकृया दिनुहोस्