‘हाँसी-हाँसी आऊन् उनी’

कोहलपुर : ‘भान्सामा सिमीको दाल पाक्दै थियो। स्कुल जान ढिलो भयो भनेर भोकै स्कुल गई। नयाँ ज्याकेट लगाएकी थिई। फर्की-फर्की हेर्दै थिई। ट्रकले ठक्कर दियो। बेहोस भई। खुट्टा काट्नुपर्छ भनिरहेका छन्’, आइतबार बाँकेको कोहलपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाएकी १२ वर्षीया प्रकृति चन्दकी माइली दिदी पुष्पाले बैनी स्कुल जाँदाको क्षणबारे सञ्चारकर्मीसँग भनिन्, ‘मेरी बैनीको जीवनमाथि ट्रकवालाले खेलवाड गर्न पाउँछ ? मेरो बैनी जसरी हाँसीहाँसी स्कुल गएकी थिई। त्यस्तै चाहिन्छ।’

कोहलपुरको एनटीभी रोडस्थित प्रकृृतिको घर÷कटेजमा सोमबार बिहान पुष्पालाई दुईजना साथीले सम्हालिरहेका थिए। उनी भक्कानिँदै बहिनीका पक्षमा बोलिरहेकी थिइन्, ‘ऊ घरको पनि बेस्ट हो। स्कुलको पनि बेस्ट हो।’

प्रकाशित मिति: : 2019-12-10 07:36:22

प्रतिकृया दिनुहोस्