समाजवादी पार्टी : राष्ट्रिय कि क्षेत्रीय पार्टी ?

एउटा सामाजिक संस्थाका रुपमा गठन भएको मधेशी जनअधिकार फोरम नेपालले विभिन्न कालखण्ड पार गर्दै राष्ट्रिय पार्टीको स्वरुप निर्धारण गरेको छ । मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल हुँदै समाजवादी पार्टी राजनीतिक अस्तित्वमा छ । यो दल संघीय सरकारमा सत्ता साझेदार हुनका साथै प्रदेश २ मा सरकारको नेतृत्वसमेत गरिरहेको छ ।

यो पार्टीले हिमाल, पहाड र तराई मिलाएर बनाइएका राष्ट्रिय पार्टीको स्वरुप लिएर क्षेत्रीय पार्टीको पहिचान समाप्त पारेको छ । तर समाजवादी पार्टीको काम र परिणाम हेर्दा राष्ट्रिय पार्टीको हो कि क्षेत्रीय पार्टी हो भन्नेमा बहस शुरु भएको छ ।

कसरी बन्यो राष्ट्रिय पार्टी ?

२०५४ सालमा एक गैरसरकारी संस्थाका रुपमा उपेन्द्र यादवको नेतृत्वमा विराटनगरमा मधेशी जनअधिकार फोरम नेपाल स्थापना भएको थियो । फोरम नेपालको पहिलो महाधिवेशन २०६० सालमा भएको थियो । २०६२/०६३ को मधेश आन्दोलनको नेतृत्व गरेको फोरम नेपालले अन्तरिम संविधानमा संघीयता भन्ने शब्द लेखाउन सफल भएको थियो । २०६४ सालको संविधानसभा चुनावमा फोरमले दलका रुपमा भाग लिई प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बनेको थियो ।

 

प्रकाशित मिति: : 2019-12-09 09:42:57

प्रतिकृया दिनुहोस्