बल्ल पूरा भयो सागमा स्वर्ण जित्‍ने जुनीको सपना

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२औं दक्षिण एसियाली खेल (साग) मा स्वर्ण जित्ने सपना अधुरै रहेको थियो।

६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २-० अंकले नै पराजित हुँदै रजतमा सीमित भएकी थिइन्। तर घरेलु भूमिमै भएको १३ औं सागमा उनको त्यो सपना पूरा भयो। यो सागमा देशका लागि ३६ औं र उसुको लागि ५ औं स्वर्ण पदक उनले जिताउन सफल भइन्।

  '१२औं सागमा फाइनलमा पुगेर हार्नुपर्दा सारै दुःख लागेको थियो। १३ औंमा कुनै हालतमा स्वर्ण जित्ने संकल्प गरेँ,’ उनी सम्झन्छिन्‘ भारतीयसँग पराजित हुँदा अर्को संस्करणमा भारतीयलाई नै हराउँछु भन्‍ने कसम मनमा थियो। पहिलो खेलमै हराएँ, यो नै पहिलो खुशी थियो।'

प्रकाशित मिति: : 2019-12-07 10:48:58

प्रतिकृया दिनुहोस्