सर्वोच्च संस्कार ‘नमस्कार’

कतै नयाँ ठाउँमा गएर कुनै नयाँ व्यक्तिसित केही नयाँ जानकारी लिनुपूर्व हामी उसलाई नमस्कार गर्दछौँ र आवश्यक सूचना प्राप्त गर्ने प्रयास गर्दछौँ।

चिनजानका, मानसम्मानका वा अन्य विशिष्ट व्यक्तिलाई भेट्दा पनि हामी नमस्कार अथवा नमस्ते भनेर सम्बोधन गर्दछौँ। विद्यालयमा विद्यार्थीहरूले गुरु-गुरुआमालाई भेट्नासाथ ‘नमस्कार’ अथवा नमस्ते भनेर अभिवादन गर्ने गर्दछन्।

कुनै कार्यालयमा जाँदा हामी सम्बन्धित हाकिम वा कर्मचारीलाई नमस्तेको अभिवादन व्यक्त गर्दछौँ र मात्र कामकुरामा प्रवेश गर्दछौँ। पाहुना भएर कोही घरमा आउँदा अथवा आफू पाहुना भएर कसैका घरमा जाँदा पनि हामी नमस्ते अथवा नमस्कारको अभिवादन आदानप्रदान गर्दछौँ र अन्य विषयप्रवेश गर्दछौँ।

कसैलाई स्वागत गर्नुपर्दा पनि नमस्कार सबैभन्दा पहिला गर्न मन लाग्छ। कतै कुनै व्यक्तिसितको भेटघाटका क्रममा पनि सबैभन्दा पहिला हामी नमस्कार नगरी थप कुरा अघि बढाउँदैनौँ।

यसप्रकार, नमस्कारका माध्यमले एकअर्काप्रति अभिवादन गर्ने हाम्रो जुन संस्कार छ, वास्तवमा यसको विज्ञान के हो ? यसको अर्थ के हो ? नमस्ते गर्नुका रहस्यहरू केके हुन् ? आउनुस्, आज यही विषयमा सत्सङ्‍ग गरौँ।

प्रकाशित मिति: : 2019-12-07 10:16:57

प्रतिकृया दिनुहोस्