मुलुकमै उत्पादन नहुने पामको बढ्दो व्यापार, ७ अर्बको आयात हुँदा ८ अर्बको निर्यात

मुलुकमै उत्पादन नहुने पाम आयलको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा कच्चा पाम आयलको आयात र पाम आयलको निर्यात उल्लेख्य वृद्धि भएको हो।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम चार महिनाको तथ्याङ्‍कमा ८ अर्ब ३७ करोडको पाम आयल निर्यात भएको उल्लेख छ। यो गत वर्ष सोही अवधिको तुलनामा ९३४.५ प्रतिशतले धेरै हो। गत आवको यही अवधिमा करिब ९० करोडको पाम आयल निर्यात भएको देखिन्छ।

प्रकाशित मिति: : 2019-12-06 07:45:48

प्रतिकृया दिनुहोस्