यौन शोषणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो। स्रोतका अनुसार राणामाथि धरानकी एक महिलाले उजुरी दिएकी छिन्।उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। ती महिलाले गृहमन्त्री रामबहादुर थापा तथा मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर आफूमाथि यौन शोषण भएको दावी गरेकी थिइन्।    

प्रकाशित मिति: : 2019-12-06 07:37:26

प्रतिकृया दिनुहोस्