मैथिली सभ्यताको केन्द्रबिन्दु जनकपुरमा अस्तित्व गुमाउँदै ऐतिहासिक पोखरीः सरसफाइ छैन, बन्दैछन् डम्पिङ साइट

जनकपुरधाम: जनकपुरधाम धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले देशभर प्रख्यात रहेको छ। प्राचीन मिथिलाको राजधानी रहेको यो क्षेत्र हाल प्रदेश नम्बर २ को राजधानी हो। जनकपुरधाम मैथिली सभ्यताको केन्द्रबिन्दु रूपमा रहेको छ। जनकपुरधाममा ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्ड (पोखरी) छन्।

जनकपुरका विभिन्न स्थानमा मठ मन्दिर र पोखरीहरू रहेको भए तापनि धेरै पोखरीको अस्तित्व समाप्त भइसकेको छ भने धेरैको समाप्त हुने अवस्थामा पुगेका छन्। बिहार कुण्ड, अग्नि कुण्ड, रत्न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रुक्मिणी सर, मुरली सर, तेलहा–मरहा, गंगा सागर, अरगज्जा सागर, दशरथ तलाउ जनकपुरधामका महत्त्वपूर्ण पोखरी हुन्। यहाँ रहेको हरेक पोखरीको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको छ।

प्रकाशित मिति: : 2019-12-05 08:35:58

प्रतिकृया दिनुहोस्