अनि म बेस्सरी रोएँ...

जिन्दगीमा हाँसो र आँसुको धेरै सामना गर्नुपर्छ । यो तपाईँले पनि भोग्नु भएकै होला । म आज यस्तो दिनलाई सम्झँदै रोएँ कि जुन मैले कल्पना गरेकै थिइनँ । मलाइ जहिले लाग्थ्यो, जन्मँदा पनि अहिलेको जत्रै थिएँ होला । 

अनाहकमा बहकिने यो मनले जान्न खोज्यो म जन्मँदा कस्तो थिएँ होला । अनि सोधें बुवालाई । बुवाले खासै खुलेर कुरा गरे जस्तो लागेन । बज्यैलाई सोधें । बज्यैले पनि खुलेर जवाफ नदिएको जस्तो लाग्यो । अनि सोधें फूपूलाई, जसले मलाई मेरो रामकहानी सुनाइदिनुभयो

प्रकाशित मिति: : 2019-12-04 17:30:44

प्रतिकृया दिनुहोस्