इमरजेन्सी अगाडि उपचार पर्खंदै बेवारिसे दुई बिरामी

अनलाइनखबर


सरकारी स्वामित्वमा रहेको कोसी अस्पतालको इमरजेन्सी वार्ड अगाडि दुई बेवारिसे बिरामी बसेको तीन दिनभयो । इमरजेन्सी वार्ड अगाडिको बाटोमा चिकित्सकको ओहोर दोहोर बाक्लो हुन्छ ।

चिकित्सकले देख्ने गरी बाटोमा बसेका दुई बेवारिसे बिरामी उपचार पाइन्छ की भन्ने आशामा छन् । तर तीन दिन भयो उनीहरुको उपचारमा अस्पतालले चासो दिएको छैन ।

भर्खरै जिम्मेवारी सम्हालेका संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल उपचार नपाएर नेपालीले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन् । तर कोसी अस्पताल अगाडि दुई विरामी मृत्युसँग लडिरहँदा अस्पतालले उपचारमा चासो दिएको छैन ।
सिकिस्त बिरामी भएका उनीहरुसँग पैसा र आफन्त साथमा छैनन् ।

प्रकाशित मिति: : 2019-12-04 14:56:33

प्रतिकृया दिनुहोस्