बुढीगण्डकीको डुबानमा पर्ने १७ सय रोपनी जग्गाको मुआब्जा निर्धारण

तस्बिर : नयाँ पत्रिका

बुढीगण्डकी आयोजनाको मुख्य डुबान क्षेत्र आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारण भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिको आइतबार बसेको बैठकले डुबान क्षेत्रका जग्गालाई १० वर्गमा वर्गीकरण गरी प्रतिआना ५० हजारदेखि ७ लाख रुपैयाँसम्म निर्धारण गरेको हो ।

मुआब्जाका लागि १७ सय रोपनी जग्गा छुट्याइएको छ । त्यसको मूल्यांकन करिब ४ अर्ब हुने अनुमान छ ।

प्रकाशित मिति: : 2019-12-03 11:14:29

प्रतिकृया दिनुहोस्