वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भयो: प्रधानमन्त्री ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भएको दावी गरेका छन् । उनले वाक स्वतन्त्रताकै कारण सरकारको राम्रो काम गरिरहे पनि निराशा फैलाउने क्रम बढिरहेको बताए ।

सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै उनले वाक स्वतन्त्रताले गर्दा नै नन इस्युलाई इस्यु बनाएर विरोध गर्ने सिलसिला चलेको बताए ।

‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ उनले भने ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ ।’

उनले जेमा पनि जसरी पनि विरोध गर्ने परम्परा जारी रहेको कारण यसमा अड्किएर बस्न नहुने बताए । त्यस्ता परम्परा जारी गर्ने थाक्लान् तर सरकार आफ्ना उद्देश्यमा अडिग छ । गतिशिलता, स्वच्छता र तीव्रताका साथ निरन्तर अगाडि बढिरहन्छ’, उनले भने ।

प्रकाशित मिति: : 2019-09-30 13:40:24

प्रतिकृया दिनुहोस्