‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भन्ने मोदीको अभिव्यक्तिप्रति वैद्यको आपत्ति

फाइल तस्बिर

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सो पार्टीका महासचिव वैद्यले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

गत सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतका प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा ‘भारतले विश्वलाई बुद्ध दिएको छ’ वाक्यांश प्रयोग गरेका थिए ।

‘हामी त्यसको दृढ विरोध गर्दछौं । नेपालको लुम्बिनीमा जन्मिएका गौतमबुद्ध भारतीय नभएर नेपाली नै रहिआएको कुरा अवगत हुँदाहुँदै उनलाई भारतीय बनाउन खोज्नु नितान्त गलत भएको बेहोरा स्पष्ट गर्न चाहन्छौं’ महासचिव वैद्यले भनेका छन् ।

 

प्रकाशित मिति: : 2019-09-30 11:36:52

प्रतिकृया दिनुहोस्