मकै पोल्ने मेसिन बनाएर 'ठेट्नो' चलाउँदै इञ्जिनियर

विपीन कँडेल।

सहरमा 'चेन' रेस्टुरेन्टको जमाना छ। आकर्षक झकिझकाउ रेस्टुरेन्टमा देशी–विदेशी परिकारका स्वाद चाख्नु हाम्रो सोख नै भइसक्यो। तर 'चेन' रेस्टुरन्ट नधाइ नयाँ स्वाद चाख्न चाहनुहुन्छ भने मध्यबानेश्वरको संगमचोकस्थित 'ठेट्नो मकैघर' तपाईंको गन्तव्य हुनसक्छ।

मकैका मात्र परिकार पाइने यो रेस्टुरेन्टको विशेषता मेसिनमा पोलेको मकै हो। नेपालमा दोस्रो मुख्यबाली मानिने मकै बाह्रैमासजसो उत्पादन हुन्छ। तर सीप र जाँगर अभावमा नेपालीले यसलाई स्वादिष्ट परिकारमा बदल्न सकेका छैनन्। यसैको पूर्ति गर्न लागि परेका छन् 'ठेट्नो मकैघर'का सञ्चालक विपीन कँडेल।

प्रकाशित मिति: : 2019-11-21 07:22:39

प्रतिकृया दिनुहोस्