लिम्पियाधुरा विवाद लिएर अन्तर्राष्ट्रिय अदालत जाऔँ

तस्बिरः शिलापत्र

नेपालको मधेश जताततै अतिक्रमण भएको छ । तराई–मधेशका दर्जनौं जिल्लाका दर्जनौं ठाउँहरू लगातार अतिक्रमणमा परिरहेका छन् । अहिलेका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई केन्द्रमा राखेर हेर्ने हो भने जब सन् १९६२ मा भारत र चीनबीच युद्ध भयो, त्यसबखत चिनियाँ फौजको गतिविधि हेर्न, उनीहरूलाई निगरानी गर्न र आक्रमण तयारी बुझ्नलगायतका यावत कुराहरूमा लिम्पियाधुरा क्षेत्रतिर बस्दा सहज हुने भएकाले भारतीय सेना यस क्षेत्रमा आई बस्यो ।

तर, पछि उनीहरूबीचको युद्ध समाप्त मात्र नभई सुमुधुर सम्बन्ध स्थापित भइसक्दा पनि भारतीय सेना त्यहाँबाट हटेनन् । उनीहरूलाई युद्ध सकिनासाथ नभए पनि अहिलेसम्म पनि त्यस क्षेत्रबाट हटाउन नसक्नु हाम्रो कमजोरी हो।

 

प्रकाशित मिति: : 2019-11-20 15:43:56

प्रतिकृया दिनुहोस्