अज्ञात समूहको आक्रमणबाट घाईते भएका शाहीको चितवनमा उपचार हुन सकेन

फाइल तस्बिर

अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।


चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित कार्यक्रममा सहभागि हुन आएका शाहीलाई अज्ञात समूहले गाडी भित्रै कुटपिट गरेका थिए । उक्त समूहले शाही चढेको बा ३ ख ४५ नम्बरको माइक्रोबसमा समेत तोडफोड गरेको छ ।

अभियन्ता शाही, वीर गोर्खालि अभियानका अभियन्ता नगेन्द्र देउजा र पुर्वलडाकु लेनिन बिष्टले एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर कार्यक्रम सुरु हुनुभन्दा अगाडी नै आएका नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका थिए।

त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-09-28 17:34:26

प्रतिकृया दिनुहोस्