भक्तपुरका वडामा अब 'रनिङ मेसिन' सहितका दुइटा निःशुल्क जिमखाना

फाइल तस्बिरः

बिहान होस् वा साँझ, भक्तपुर डुल्दै हुनुहुन्छ भने तपाईं सांस्कृतिक सम्पदा अवलोकन गर्दै व्यायाम पनि गर्न सक्नुहुन्छ। हिँड्दा हातखुट्टा तन्काउन, ढाड–घुँडा सोझ्याउन, कम्मर–पेटमा लागेको बोसो घटाउने प्रयास गर्न सक्नुहुन्छ। स्थानीय हुनुहुन्छ भने त गज्जबै भइहाल्यो। 

कुनै भर्‍याङजस्ता, कुनै पिङ त कुनै गाडीका स्टेयरिङजस्ता आधुनिक व्यायामका उपकरण भक्तपुरका प्रत्येक वडामा राखिएका छन्। साना केटाकेटीदेखि बुढापाकासम्म यी उपकरणमा झुण्डिरहेका देखिन्छन्। केटाकेटीलाई त व्यायाम पनि, खेल पनि।

प्रकाशित मिति: : 2019-11-19 06:53:10

प्रतिकृया दिनुहोस्