कालापानीबारे प्रधानमन्त्रीको कडा अभिव्यक्ति : के लेखे भारतीय सञ्‍चारमाध्यमले

काठमाडौं : कयौँ वर्षदेखि नेपाली भूमि कालापानीमा राखिएका भारतीय सेनाबारे पहिलो पटक नेपालका प्रधानमन्त्रीले बोलेपछि भारतका मिडियाले गहिरो चासो दिएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय युवा संघको एक कार्यक्रममा कालापानीमा अतिक्रमण गरेर बसेका भारतीय सेना तत्काल हट्नुपर्ने र एक इन्च पनि नेपाली भूमि मिच्न नदिइने बताएका थिए। त्यसअघि प्रधानमन्त्री ओली यस बिषयमा खासै बोलेका थिएनन् । नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा राखेपछि नेपालमा भारत विरोधी आन्दोलन चर्किँदै गएको छ। यसैबेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सीमा मिचिएकोबारे कडा अभिव्यक्ति दिएका थिए। यसबेला भारतले देखाएको यो व्यबहार गलत भएको र सरकारले दह्रो टेकोस भन्ने राजनीतिक दलहरु बुद्धिजिबी र सडकबाट समेत आवाज उठिरहेको छ ।

प्रकाशित मिति: : 2019-11-18 18:08:58

प्रतिकृया दिनुहोस्