रौतहट प्रहरीको तारिफयोग्य सक्रियता– तब सम्भव भयो आलमको जेलयात्रा !

चुनावमा बुथ कब्जाका लागि आफैंले बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा कांग्रेस सांसद आफ्ताब आलम नख्खु जेल पुगेका छन् ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न शुक्रवार आदेश दिएको थियो । अदालतको उक्त आदेशपश्चात शुक्रवार राति नै आलमलाई राजधानी ल्याइएको थियो । जिल्ला कारागार रौतहटमा राख्दा बढ्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आलमलाई नख्खु कारागार चलान गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-17 18:37:10

प्रतिकृया दिनुहोस्