रानीपोखरीमा पानी अड्याउन 'माअप्पा' बिछ्याउने काम सुरु, पुनर्निर्माण नसकिँदै किन बाहिरियो भक्तपुर?

तस्बिरः पहिलो पोष्ट

काठमाडौंः २०७२ सालको भूकम्पमा क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणको काम भइरहेको छ। अहिले रानीपोखरीमा पानी अड्याउनका लागि कालो माटोले सलामी दिने र माअप्पा (पातलो इट्टा) बिछ्याउने काम भइरहेको छ। मन्दिर र पुलको काम पनि ६ महिना भित्र सकाउने लक्ष्यका साथ कामदारहरु लागि परेका छन्।

सुरुमा पानी अड्याउनका लागि भक्तपुरबाट दक्ष जनशक्ति खटाइएको थियो। त्यसका लागि दैनिक रुपमा ३० देखि ४० महिला खटेका थिए। उनीहरुले हात र खुट्टाले माटो मुस्ने देखि पानि अड्याउनका लागि कालो माटो बिछ्याउने काम गर्दै आएका थिए।

तर, यसरी काम गर्दा ढिला हुने भन्दै अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एस्काभेटर र डोजरले माटोको काम गर्न सुरु गरेको छ। उपभोक्ता समिति मार्फत माटो र इट्टा बिछ्याउने काम भइरहेको छ।

प्रकाशित मिति: : 2019-11-17 14:00:31

प्रतिकृया दिनुहोस्