कसले पूरा गरिदेला १०३ वर्षीय रामबहादुरकाे ४० वर्षपछि घर जाने रहर ?

शिलापत्र

डडेल्धु्रा, कात्तिक २९ । मुखभरी चाउरी परेको छ । एक हातमा लठ्ठी र अर्को हातमा गाउँगाउँ चहारेर साँझ–बिहान छाक टार्नका लागि बनाएको खानेकुरा ।

बागलुङको मैकोत घर बताउने रामबहादुर थापामगर सेनामा जागिरे थिए । मैकोत घर भएको कारणले उनलाई सबैले ‘मैपते’ भनेर पनि चिन्ने गरेका छन् ।

जागिरको सिलसिलामा उनी डडेल्धुराको दहमा सरुवा भए । साथीहरूले ‘सेनाको जागिर गर्नुभन्दा त खेती किसानी गरेर घरमै बसीबसी खान पाइन्छ । सेनाको जागिर गरेपछि बिदा पनि मिल्दैन, घर पनि जान पाइँदैन । यस्तो जागिर कसले गर्छ ?’ भनेर कुरा गर्दा आफूलाई पनि जागिर छाड्ने मन लाग्यो ।

प्रकाशित मिति: : 2019-11-17 13:57:54

प्रतिकृया दिनुहोस्