प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष

शनिबार तीन घन्टा डायलाइसिस गरेपछि ग्रान्डी अस्पतालबाट बालुवाटार फर्कंदै प्रधानमन्त्री केपी ओली

 

  • प्रधानमन्त्रीको क्रियाटिनिन लेभल ६.३ मिलिग्राम, यसको अर्थ मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ
  • विदेश जान सल्लाहकारको मत, स्वदेशमै प्रत्यारोपण गर्न डाक्टरको सुझाब

प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ । 

१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताएका छन् । शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस गरिन्छ । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ । 

 

 

प्रकाशित मिति: : 2019-11-17 07:23:05

प्रतिकृया दिनुहोस्