सीमामा तारबार: भारतकाे बलमिच्याइँ

डोकेबजारनजिकै रहेको अन्तर्राष्ट्रिय जैविक मार्गमा भारतीय पक्षले ट्रेन्च खनेर लगाएको काँडेतार। तस्बिर ः पुष्पराज÷नागरिक

कैलाली - भारतको दुधुवा नेसनल पार्कबाट दिनहुँ वन्यजन्तु आएर दुःख दिन थालेपछि पुनर्वास नगरपालिका–९ बीचफाँटाका किसानले सीमाक्षेत्रमा काँडेतार लगाउने योजना बनाए। स्थानीयको बालीनाली जोगिने भएकाले सो योजनालाई सम्बन्धित नगरपालिका तथा वडाले पनि सघाए। सीमावारि नेपाली भूमिमा २०७४ वैशाखमा लगाइएको तारबार भारतीय एसएसबी आएर उखेलिदियो।

त्यसैगरी २०७५ माघ १० गते धनगढीनजिकै डोकेबजार सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर तारबार गर्न थाल्यो। सीमाक्षेत्रनजिकै भारततर्फ रहेको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको भन्दै तारबार गर्न थालेको भारतीय पक्षले बतायो। नेपालतिरका स्थानीयले ट्रेन्च र तारबार गर्न नहुने भन्दै विरोध जनाए। विरोधपछि उक्त काम केही दिन स्थगित गरेको भारतले पुनः माघ अन्तिम सातातिर निर्माण थाल्यो। नेपालीको विरोध हुँदाहुँदै भारतले ट्रेन्च खनेर काँडेतार लगाएरै छाड्यो।

प्रकाशित मिति: : 2019-11-17 07:06:25

प्रतिकृया दिनुहोस्