केही सपना पूरा भए, केही अधुरा छन्

मन उद्वेलित छ । कारण अरु केही होइन, नजिकै आएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता बाहेक । राष्ट्रिय खेलाडी हुनुको वास्तविक दबाव यतिबेला नै महसुस हुँदो रहेछ ।

मनभित्रको उथलपुथल सम्हाल्दै नियमित अभ्यास गरिरहेको छु । अनेकन कौतुहलहरु त जाग्छन् नै । मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं सागको लागि हिटिङ स्वीमिङ पुल तयार हुन्छ कि हुदैन ? सागमा नेपालको प्रदर्शन कस्तो हुन्छ ? मेरो कस्तो होला ? नेपालले साग कतिको भव्य र सभ्य बनाउन सक्छ ? यस्ता जिज्ञासा मजस्तै अरु खेलाडीको मनमा पनि आएकै हुनुपर्छ । अब मोटामोटी १५ दिन त बाँकी छ साग सुरु हुन् । तर, अझै पनि पूर्वाधारका धेरै कुराहरु अनिश्चित छन्, जुन दिक्कलाग्दो विषय हो । खैर, हामी आशावादी हुनुपर्छ । सबै कुरा राम्रो होस् ।

प्रकाशित मिति: : 2019-11-14 17:39:30

प्रतिकृया दिनुहोस्