सरकार र विद्रोही नेकपाबीच वार्ताको हल्ला : राजनीतिक संकटमाथि पर्दा हाल्न वार्ताको ढोंग !

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच वार्ताको विषयलाई लिएर साउन पहिलो हप्तादेखि विभिन्न नेपाली मिडिया, सामाजिक सञ्जाल, देशविदेश, चियादेखि चौतारोसम्म चर्चा भयो । विभिन्न मिडियाले वार्ताका लागि सरकार र विद्रोहीपक्षले भित्रभित्रै प्रयास गरिरहेको, संवाद भइरहेको र केही दिनमा वार्ता टुंगोमा पुग्नेसम्म भनेर निर्धक्कका साथ समाचार छापे, एफएम रेडियोमा बजाए, अनलाइनमामा हाइलाइट गरे ।

त्यतिमात्रै होइन सरकारी वार्ता टोलीसँग भक्तपुरको एक होटलमा छलफल भएकोदेखि नेपालगन्जसम्म पुगेर वार्ता वा संवाद अगाडि बढेको भनेर एकदमै महत्त्वका साथ मिडियामा चर्चा भयो । अहिले पछिल्लो समय यि र यस्ता चर्चा बिस्तारै सेलाउँदै गएको देखिन्छ । मिडियादेखि सामाजिक सञ्जालसम्म सरकार र विद्रोहीबीच वार्ताको वातावरण बनेको र केही दिनमा वार्ताले सार्थकता पाउने समाचार पढेका र सुनेका स्रोता एवम् पाठकहरू अहिले धमाधम विद्रोही नेकपाका नेताकार्यकर्ता देखि वैचारिक हिसाबले शुभेच्छुक तथा आस्थावान लेखक र पत्रकारलाई सरकारले एकपछि अर्को गिरफ्तार गरेको समाचार पढिरहेका छन् । वार्ता र संवादको चर्चा चलिरहेको बेला फेरि किन सरकारले धरपकड र गिरफ्तार गरेको होला धेरैलाई जिज्ञासा तथा चासो लाग्नु स्वभाविक छ ।

प्रकाशित मिति: : 2019-11-14 17:29:53

प्रतिकृया दिनुहोस्