सीमा सुरक्षा सशक्त बनाउँदै सरकार : थप १ सय बढी बीओपी थपिँदै

काठमाडौं।  सरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी सघन तयारी अघि बढाएको छ ।  चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलोपटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउनेगरी तयारी गरेको हो । भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ ।
गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताएका थिए ।
सरकारले भारत र चीनसँग जोडिएका थप १ सय स्थानमा सशस्त्र प्रहरीकोे प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा १ सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको बताए ।

प्रकाशित मिति: : 2019-11-13 08:59:10

प्रतिकृया दिनुहोस्