ओली बिनाकाे चुनावी प्रचार-प्रसार खल्लो, प्रचण्ड एक्लै देश दौडाहमा

काठमाडौँ – प्रतिनिधिसभा र स्थानीय तहमा रिक्त सदस्यको पदपूर्तिका लागि उप—निर्वाचन आउन १८ दिन मात्र बाँकी रहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी प्रचार–प्रसारमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित छन्।

आम निर्वाचनको झण्डै दुई वर्षपछि हुन लागेको यो उपनिर्वाचनमा ओलीले त्यसबेला अडान लिएका राष्ट्रियता र नेपालमा रेल तथा पानीजहाज यात्राको सुनिश्चितता जस्ता दाबी यसपल्टको प्रचारमा नसुनिने मात्रै हैन, प्रतिस्पर्धीहरुप्रतिकाे व्यंगले समेत त्यो रुपमा ठाउँ पाउने छैन। गत आम निर्वाचनमा माओवादीसँग गठबन्धन निर्माण गरी चुनावी प्रचार–प्रसारमा देश दाैडाहमा उत्रिएका ओली अहिले देशकै ठूलो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीको हैसियतमा छन्।

प्रकाशित मिति: : 2019-11-13 08:50:08

प्रतिकृया दिनुहोस्