क्यानभासमा देश प्रेम, बालापनको सम्झना र मानसिक द्वन्द्व

काठमाडौं । २ नोभेम्बर २०१९ शनिबार भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको छ । सोही विषयमा अहिले मौन बसेको भन्दै सरकारविरुद्ध र नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतविरोधी प्रदर्शनहरु भइरहेका छन् ।  दैनिक सडकदेखि सामाजिक सञ्जालसम्म नेपालीहरुले नेपाली भूमिबाट भारत पछि हट्नुपर्छ भन्दै दबाब सिर्जना गरिरहेका छन् ।  अहिलेको यही विषय, देश प्रेम र राजनीतिक पार्टीहरुसँग आक्रोश एक युवा कलाकारले आफनो कलामा उतारेका छन् । बबरमहलको आर्ट काउन्सिल ग्यालारीको माथिल्लो तलाको एउटा कोठामा सेतो चुनले घेरिएको घेराभित्र अस्तव्यस्त रुपमा छरिएका चेसका गोटीहरु, वाइनका बोतल र भुइँभरी पोखिएका वाइन, नेपालको नक्सा, नेपाल एकिकरणमा योगदान गर्ने राजाहरु र दरबार हत्याकाण्डमा मारिएका  राजपरिवारहरुको तस्बिरहरु राखिएका छन् । 

प्रकाशित मिति: : 2019-11-13 08:44:54

प्रतिकृया दिनुहोस्