यस्तो तासको गड्डी, जितिन्छ वा हारिन्छ पहिल्यै कानमा खुसुक्क आउँछ जानकारी, मूल्य १ लाख

काठमाडौं- सोमबार करिब ११ बजेतिर एक बुक तास हातमा लिएर फिट्छन्, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र एक प्रहरी निरीक्षक।

 कालिमाटी प्रहरी कार्यालयमै यसरी फिटिएको तास बाँड्न सुरु हुन्छ। तास बाँड्नुभन्दा अगावै मोबाइलले संकेत गर्छ, ‘टुटुटु ...।’ अर्थात दुईको संकेत गर्छ । त्यसपछि चार जनालाई फलाँस खेलका लागि तीन/तीन पत्ती तास बाँडिन्छ। 

 मोबाइलले पहिल्यै संकेत गरेर टु अर्थात् दोस्रो नम्बरको व्यक्तिले तास जित्नुपर्ने हुन्छ। नभन्दै तास पल्टाउँदा दोस्रो व्यक्तिले नै खेल जित्छ।

 सुन्दा अपत्यार लागे पनि वास्तविकता भने यही हो। प्रहरीले आइतबार काठमाडौं सीतापाइलाबाट सर्लाहीको बरहथवा नगरपालिका–९ घर भएका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो। 
प्रकाशित मिति: : 2019-11-12 20:51:14

प्रतिकृया दिनुहोस्