के पाँच सय वर्षअघि सिख धर्मगुरू नेपाल आएका थिए?

हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको हरेक दिन नित्यपूजा हुने गर्छ। त्यसरी गरिने नित्यपूजाका विभिन्न विधिहरू निर्धारण गरिएका छन्।

तर ती विधिहरू सुरु गर्नुपूर्व पशुपतिको शिवलिङ्गमा फूलको माला लगाइदिनु पर्छ। त्यसलाई शिरमाला भन्ने गरिन्छ।

उक्त शिरमाला कहाँबाट ल्याइन्छ भन्ने कुरा रोचक रहेको बताउँछन्- संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन।

उनी भन्छन्, "पशुपतिनाथको नित्यपूजाका लागि चढाइने शिरमाला अहिले पनि पशुपति क्षेत्रमा अवस्थित एउटा सिखहरूको अखडा (निर्मल अखडा)बाट आउँछ।"

धेरैलाई अचम्म लाग्न सक्ने उक्त चलन राणाकालदेखि नै चल्दै आएको उनी बताउँछन्। 

पशुपतिनाथको शिरमालासँग जोडिएको उक्त कुराले पशुपति क्षेत्रमा विभिन्न धर्मबीच सहअस्तित्व स्वीकारिएको छ भन्ने पनि देखाउने उनको तर्क छ।

प्रकाशित मिति: : 2019-11-12 17:08:25

प्रतिकृया दिनुहोस्