‘बेम्बो म्यान’ बने मनिलाल सर

पर्वत : कुस्मा नगरपालिका–११ शिल्मीका मनिलाल पौडेल पेशाले शिक्षक हुन्। तर, बाँसबाट विभिन्न सामग्री निर्माण गर्न सिपालु मनिलालले बनाएका सामग्रीहरू बजारमा बढ्दै गएपछि उनी शिक्षकभन्दा पनि ‘बेम्बो म्यान’का रूपमा परिचित भएका छन्। स्थानीय विश्वज्योति माध्यमिक विद्यालयको प्राथमिक तहको राहत दरबन्दीमा १० वर्षदेखि शिक्षणमा आवद्ध मनिलाल बिहान र बेलुका बाँसका सामग्री निर्माणमा जुट्छन्। उनले २२ वर्षदेखि बाँसबाट कलम, टुथ पिन राख्ने बक्स, टिस्यु पेपर राख्ने बक्स, कलम दानी, फूलदानी, बाँस र नेपाली कागजबाट बनाइएको डायरी, चिया पिउने कप, सालको पातबाट बनाइएका टोपी र इस्टकोट लगायतका बस्तु बनाउँदै आएका छन्। काम नलाग्ने भनी फालिएका बाँस र निगालोबाट बनाइएका सामग्रीहरू आकर्षक पनि छन्। 

प्रकाशित मिति: : 2019-11-12 10:51:37

प्रतिकृया दिनुहोस्