स्रोत र राजस्वमा स्थानीय तह र आयोजनाबीच विवाद

भेरी किनारबाट क्रसर उद्योगका लागि नदीजन्य पदार्थ उत्खनन गरिँदै। स्थानीय तहले अनुमतिबिनै आयोजनाले क्रसर सञ्चालन गरेको भन्दै रोक्न पत्राचार गरेको छ।

सुर्खेत – प्राकृतिक स्रोतको प्रयोग र राजस्वका विषयमा स्थानीय तह र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबीच विवाद देखिएको छ। समय अगावै सुरुङ निर्माण सम्पन्न गरेर दोस्रो प्याकेज अन्र्तगत विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम थालेको आयोजनाले यसका लागि भेरीगंगा नगरपालिका–९ र ११ मा पर्ने चिप्लेमा अस्थायी क्रसर स्थापना गरेर भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेको छ। स्थानीय सरकारले समन्वय र स्वीकृतिविनै नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै त्यसलाई तत्काल रोक्न पत्राचार गरेको छ।

प्रकाशित मिति: : 2019-11-12 08:37:50

प्रतिकृया दिनुहोस्