किन पाएनन् गच्छदार समूहका नेताले काँग्रेस केन्द्रीय समितिमा प्रवेश ?

काठमाडौँ– नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण भएको दुई वर्ष भइसक्दा पनि केन्द्रीय तहमा समेत एकताले पूर्णता पाउन सकेको छैन । आम निर्वाचन अघि २०७४ साल असोज २९ गते विजयकुमार गच्छदार नेतृत्वको फोरम काँग्रेसमा समाहित भएको थियो । तर अहिलेसम्म फोरमबाट आधिकारिक रूपमा गच्छदारबाहेकका नेताहरुले काँग्रेसमा प्रवेश पाएका छैनन् । पार्टी एकीकरण भएको करिब ६ महिनापछि गच्छदार पार्टी संसदीय दलको उपनेतामा र एक वर्षपछि पार्टीको उपसभापतिमा मनोनित भएका थिए । गत वर्ष कात्तिक अन्तिम साता काँग्रेस केन्द्रीय समिति बैठकले राजनीतिक सहमति भन्दै विधान विपरीत गच्छदारलाई उपसभापतिमा मनोनित गरेको थियो ।

प्रकाशित मिति: : 2019-11-11 09:27:46

प्रतिकृया दिनुहोस्