पढाइ छोडेर विद्यार्थी विप्लवको प्रदर्शनमा, प्रअ भन्छन्- आफूखुसी जान्छन् त हाम्रो के लाग्छ!

Photo Credit :setopati

भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको नेपालमा चर्को विरोध भइरहेको छ। विभिन्न ठाउँमा प्रदर्शन भएका छन् भने लैनचौरस्थित भारतीय दूतावास ज्ञापनपत्र पनि बुझाइएको छ। सरकारले भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रबारे भारतसँग वार्ता गर्ने बताएको छ।

कालापानी क्षेत्रलाई भारतीय नक्साभित्र राखेकोमा आइतबार पनि प्रदर्शन र विरोध जारी छ।  दिउँसो माइतीघर मण्डलमा भएको प्रदर्शनमा भने अरूभन्दा भिन्न माहौल थियो-प्रदर्शनकारीलाई प्रहरीले पक्रेर गाडीभित्र राख्दै थियो।

पक्राउ पर्नेहरू भर्खरभर्खरका केटाकेटी थिए। उनीहरू पक्राउ पर्नुको कारण उक्त प्रदर्शन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनले गरेको थियो।

विप्लव समूहको अखिल क्रान्तिकारी नेताले राजधानीका सरकारी विद्यालयमा गएर विद्यार्थीलाई माइतीघर ल्याएका थिए।   

प्रकाशित मिति: : 2019-11-10 16:06:57

प्रतिकृया दिनुहोस्