इण्डो प्यासिफिक–नयाँ प्रगति विवरण सार्वजनिकः नेपाल सम्बन्धबारे चर्चा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इण्डो प्यासिफिक रणनीतिको प्रगति विविरण समेटिएको नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । नोभेम्बर ४ मा यो प्रतिवेदन सार्वजनिक गरिएको हो । 

यसअघि रक्षा मन्त्रालयमार्फत् रिपोर्ट सार्वजनिक गरिएकोमा अहिले विदेश मन्त्रालयका तर्फबाट सार्वजनिक गरिएको छ । रक्षाबाट सार्वजनिक गर्दा सुरक्षा रणनीति अन्तर्गत आएको भनेर प्रश्न उठिरहेको बेलामा अमेरिकाले अहिले विदेश मन्त्रालयमार्फत् सार्वजनिक गरेर विदेश नीति अन्तर्गत यो रणनीति आएको संकेत गर्न खोजिएको छ । 

नयाँ प्रगति प्रतिवेदनमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १८ डिसेम्बर २०१८ मा वाशिङटनमा अमेरिकी विदेश मन्त्री माइक पम्पेओलाई भेटेको तस्बिरसमेत राखिएको छ । प्रतिवेदनमा नेपालसँग भइरहेको प्रगतिबारेमा पनि उल्लेख छ । 

प्रकाशित मिति: : 2019-11-10 09:30:41

प्रतिकृया दिनुहोस्