यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

बिएल

सरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ। मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले सोसहित विभिन्न १४ जना निर्णय गरेको बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको भारतमा उपचारमा गर्दा लागेको खर्च बिलअनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासबाट दिने निर्णय गरेको हो ।

यस्तै सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्न खर्च उपलब्ध गराउने निर्णय गरेको छ।उपचार खर्च एवम् जीवनयापन गर्न सरकारले एसिड आक्रमणमा परेका जेनी खड्का र मुस्कान खातुनलाई तीनरतीन लाख दिने निर्णय गरेको हो ।

यस्तै नेपाल र अस्ट्रेलिया सरकारबीच हजाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने, मोरङ जिल्ला प्रशासनबाट शम्भुप्रसाद मण्डलको नामबाट जारी भएको नेपाली नागरिकता रद्द गर्नेलगायतको निर्णय पनि बैठकले गरेको छ।
निर्णयहरु हेर्नुहोस्ः

प्रकाशित मिति: : 2019-09-26 17:37:33

प्रतिकृया दिनुहोस्