काठमाडौंमा बनाइने तीन स्याटेलाइट सिटीको डीपीआर तयार, लागत कति ?

फाइल तस्बिर

सरकारले काठमाडौं उपत्यकाभित्र बनाउने चारमध्ये तीन स्याटेलाइट सिटीको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सिध्याएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार मंसिरभित्र बाँकी एउटा सिटीको डीपीआर प्रतिवेदन पनि प्राप्त हुनेछ ।

प्रतिवेदनले यस्ता शहर विकासका लागि ठूलो धनरासी खर्च हुने देखाएको छ । स-सानो क्षेत्रमा हुँदै आएको टाउन प्लानिङ र जग्गा एकीकरण आयोजनालाई ठूलो रुप दिने गरी प्रस्ताव गरिएका यस्ता शहरका लागि अर्बमा होइन, खर्बमा खर्च लाग्ने आँकलन गरिएको हो ।


हालसम्म प्राप्त तीनवटा सिटीको डीपीआर प्रतिवेदनअनुसार स्याटेलाइट सिटी विकास गर्न करिब १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको छ । बाँकी एउटा शहरको पनि डीपीआर आएपछि चार शहर विकास खर्च २ खर्ब ४० अर्ब लाग्ने अनुमान छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले चारवटै सिटीका लागि छुट्टाछुट्टै परामर्शदाता नियुक्त गरेको थियो । प्रस्तावितमध्ये सबैभन्दा ठूलो शहर ‘इशान’को डीपीआरका लागि विदेशी कम्पनी छनोट भएको थियो । अन्य शहरको डीपीआर बनाउन भने नेपाली कन्सल्टेन्ट कम्पनीले जिम्मा पाएका थिए ।

प्रकाशित मिति: : 2019-11-05 17:08:16

प्रतिकृया दिनुहोस्