‘अफर गर्नै डर लाग्छ’

कुराकानीको अन्त्यमा निश्चलले स्वस्तिमालाई भने- अँ, लियौ ,गर्‍यौं, राम्रै गर्यौं।

उनको यो भनाइ सिनेमा नहेरेपनि आफ्नी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको 'बुलबुल'बाट प्राप्त गरेको सफलताप्रति लक्षित थियो।  यो सिनेमाको प्रस्ताव आउँदा निश्चललाई स्वस्तिमाले सोचे जस्तो गर्लिन लागेको थिएन।

उनलाई डर थियो-अलिकति तलमाथि भयो भने त ध्वस्त हुन्छ। सिनेमा बनिसक्दा गज्जब नै बन्यो। रिलिजपछि सिनेमाले ताली पायो, स्वस्तिमाको हात सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कारले सजियो। 'बुलबुल'  स्वस्तिमाले रोजेको खतरा थियो। रोजाइ उपलब्धिपूर्ण रह्‍यो। पछिल्लो समय निश्चल-स्वस्तिमाको अभिनयमा व्यस्तता राम्रै छ। उनीहरू दुबै शुक्रबारबाट एकसाथ पर्दामा आउँदैछन्-साली-भेना बनेर। 'घामड शेरे' सिनेमामा उनीहरूको साली-भेनाको जोडी सिनेमामा कस्तो देखिएला? दर्शकलाई एउटा स्वभाविक कौतुहल्ता छ। सिनेमालाई लिएर उनीहरू उत्साहित छन्। उनीहरूलाई सिनेमाले 'राम्रो गर्छ' भन्ने राम्रो आशा छ। सेतोपाटीसँगको कुराकानीमा उनीहरू यस्तो सुनिए।

प्रकाशित मिति: : 2019-11-04 14:43:00

प्रतिकृया दिनुहोस्