वीरको ‘भीभीआईपी’ सधैं रित्तै

काठमाडौं : वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ।

स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ। अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन्। तर पनि हरेक साताको कम्तीमा दुईपटक पुछपाछ भइरहेको छ। महँगा बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ। भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन्, ‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा चिटिक्क त पार्नैपर्‍यो नि।’

 

प्रकाशित मिति: : 2019-11-04 07:36:27

प्रतिकृया दिनुहोस्