भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रममा विभागीय मन्त्रीकै दुखेसो !

जनकपुर । बिहीबार न्युन उपस्थितिबीच भव्य प्रदर्शन गरेर संघीय तथा प्रदेश सरकारले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन शुभारम्भ ग¥यो । महत्वपूर्ण काम भए पनि आयोजकको अत्यन्तै फितलो व्यवस्थापन तथा पूर्वतयारीको कारण कार्यक्रम भद्दामात्र भएन यस्तै रबैयाले नेपाल भ्रमण वर्ष नै उपलब्धीहिन हुन सक्ने आशंका समेत उब्जाएको छ । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले कार्यक्रम अध्यक्षताको आसनबाटै असन्तुष्टि जाहेर गरे । ‘कौन सुनेगा किसको सुनाए...इसलिए चुप रेहता हुँ’ हिन्दी गीतको बोल उच्चारण गर्दै अध्यक्षीय मन्तव्य थालेका मन्त्री रायले भने, “यत्रो ठूलो उद्देश्य लिएर भव्य समारोह आयोजना त गरियो । कार्यक्रमको अध्यक्षता गर्ने मैले भ्रमण वर्षको लागि साँचेको योजना सुनाउन र सहयोगको लागि आग्रह गर्न बाँकी नै छ, कार्यक्रमका मुख्य अभिभावकको रुपमा आउनुभएका संघीय पर्यटन मन्त्रीजी, प्रदेशका मुख्यमन्त्रीजी, कार्यक्रमका प्रमुख अतिथिको रुपमा आउनुभएका उपप्रधानमन्त्रीजी लगायत प्रदेशसभाका सबै सदस्य पनि गइसक्नुभयो । अब भन्नोस् म कसलाई के सुनाउँ ?”

प्रकाशित मिति: : 2019-11-01 07:53:31

प्रतिकृया दिनुहोस्