सरोकारवाला निकाय मौन सडकमै थुपारिएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढ्दो

खोलाबाट उत्खनन् गरीने ढुंगा, सँगै इट्टा र सरियासमेत व्यवसायीले सडक छेउमै थुपार्न थालेपछि कैलालीको गोदावरीका सडक दुर्घटना मुखी बन्न थालेका छन्।

नगरपालिका भित्र रहेका प्रमुख सडकसहित शाखा सडकमा दुर्घटना हुने गरी व्यवसायीले निर्माण समाग्रीले थुपारेका छन्। जसका कारण हरेक दिन सो क्षेत्रमा सवारी दर्घटना हुने गरेको स्थानीय बताउँछन्।

सम्बन्धित निकायको बेवास्थाका कारण सडक छेउछाउमा ढुङ्ग, बालुवा, इट्टा, गिट्टी लगाएतका निर्माण समाग्रीहरूले गोदावरीका सडक साघुँरिएका स्थानीय सरिता बुढा बताउँछिन्।

गोदावरी नगरपालिका–२ की स्थानीय शोभा थापा रावलले अत्तरियास्थित रिङ रोडमा राखिएका निर्माण सामग्री (ढुङ्गाहरु) को फोटो आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले लेखेकी छन्, ‘हेलो सरकार यसो गर्नेलाई कहाँसम्मको कारबाही हुने हो? एक पटक नजर जावस्!’

प्रकाशित मिति: : 2019-11-01 07:33:24

प्रतिकृया दिनुहोस्