दिदीबहिनी नहुनेकी अञ्जली दिदी

काठमाडौं, कात्तिक ११ : उमेरले डाँडा काट्दैछ। काम गर्ने जागर पनि त्यत्ति चल्दैन। तर तिहार आएसँगै उनको मन यसैयसै खुशीले चञ्चल हुन्छ।

कतिपय भाइहरुले त दिदी, यो वर्षपनि आउँदै छौ है ? भन्दै फोन गर्न थालिसके । दिदीबहिनी नभएकाहरुकी एक्ली दिदी अञ्जली मास्के सय भाइको लागि टीकाको सर्दम तयार गर्दैछिन्। उनका लागि तिहारको भाइटीका अलि विशेष नै हुन्छ। ‘मलाई किन किन तिहारको भाइटीकामा भित्रैदेखि खुशीले बास गर्छ’ तिहारको माला उन्दै गरेकी अञ्जलीले भनिन्।

उनले भोलिको भाइटीकामा एक सय ८० भाइहरुलाई टीका लगाउने तयारी गरेकी छन्। ‘दशै सकिए लगत्तै म भाइटीकाको सर्दम किनेर तयारीमा लाग्नुपर्छ’ उनी भन्छिन्, ‘अहिले मखमली फुलको माला, पञ्चरंगी टीका, मिठाइ, ओखरको चाँजोपाँजो मिलाइसकेकी छु ।’

प्रकाशित मिति: : 2019-10-28 11:19:22

प्रतिकृया दिनुहोस्